Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली–३ को प्रशासकिय भवन उद्धघाटन

चुलाचुली–३ को प्रशासकिय भवन उद्धघाटन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १८ २०७८


चुलाचुली–३ को प्रशासकिय भवन उद्धघाटन

चुलाचुली । इलामको दक्षिणी क्षेत्रमा पर्ने चुलाचुली गाउँपालिका–३ को वडा कार्यालयको प्रशासकिय भवन उद्धघाटन गरिएको छ । ६ कठ्ठा जमिनमा निर्माण भएको कार्यालयको नव निर्मित प्रशासकीय भवन संविधान सभा सदस्य नगेन्द्र कुमार कुमालद्धारा उद्घाटन गरेका हुन् ।

३ नम्बर वडापालिकाको लागि जग्गा प्रदान गर्ने स्थानिय कालिप्रसाद गिरी र मंगलबहादुर ईधिङ्गो लिम्बुलाई दोसल्ला र सम्मान पत्र सहित अभिनन्दन गरिएको थियो।उद्घाटन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, विभिन्न वडापालिकाको वडा अध्यक्षहरु र सामाजिक तथा राजनीतिक व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

चुलाचुलीले एकै सातामा २ वटा वडा कार्यालयको भवन उद्धघाटन गरेको छ । गत चैत्र १४ गते चुलाचुली–५ वडा कार्यालयको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन पुर्व सभामुख तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले गरेका थिए ।

सो दिन नै नेम्वाङले चुलाचुली ३ र ४ नम्बर वडाको सिमानामा निर्माण हुन लागेको औद्योगिक ग्रामको समेत शिलान्यास समेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार