माई । स्कुलवाट घर फर्कने क्रममा माई खोलाले बगाएर वेपत्ता भएका माई नगरपालिका वडा नम्बर–१ का तीन जना बालिकाको परिवारलाई एक कार्यक्रमका वीच माई नगरपालिकाले नगद सहयोग गरिएको छ । वेपत्ता बालिकाहरुको परिवारलाई वुधवार राहत स्वरुप नगर प्रमुख दीपककुमार थेवे, उपप्रमुख विष्णुमाया रिमाल र वडाध्यक्ष पदमवहादुर फागोले जनही नगद एक लाख ५० हजार हस्तान्तरण गरेका हुन् ।
माई–६ को भगवती माविवाट २०७६ असार २८ गते शनिबार परीक्षा सकेर वर्खे विदामा घर जाँदै गर्दा देउमाई–७ र माई–१ को बीचमा माई खोलाले बगाँउदा माई–१ ज्वालेका पदम आङदेम्बेकी कक्षा ६ मा अध्यानरत १३ वर्षीया अञ्जना आङदेम्बे, सोही स्थान बस्ने टेक बहादुर सुनुवारकी ९ कक्षामा अध्यानरत १६ वर्षीया निशा सुनुवार र सोही वडाकै बारधार्ने निवासी नरबहादुर साउदेनकी ६ कक्षा–६ मा अध्यानरत १३ वर्षीया सुनिता साउदेनको माई खोलाको बाढीले बगाएर ज्यान गएको थियो।
वालिका वेपत्ता रहेकाले कानुनी प्रकृया पुरा गरी राहत वितरणमा ढिला भएको जनाईएको छ । राहत वितरण कार्यक्रममा लोदीया प्रहरी चौकी इन्चार्ज पदम सुन्दर लिम्बू, एमाले माई –१ वडा अध्यक्ष अर्जुन राई, अनेमसंघ माई अध्यक्ष प्रेमकुमारी भण्डारी, युवा नगर सञ्जाल माई अध्यक्ष दीपेन्द्र सुब्बा समाजसेवी गोविन्द सोताङ, माई नगरपालिका प्रशासन शाखाका कम्युटर अपरेटर धर्म भण्डारी, संचारकर्मी र स्थानीयबासीको उपस्थिति रहेको थियो ।
विद्यार्थीका परिवारलाई संघीय सरकारवाट एक लाख, प्रदेश सरकारबाट दुई लाख र स्थानीय सरकार माई नगरपालिकाबाट एक लाख ५० हजार गरी जनही चार लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख थेवेले जानकारी दिए । हाल सम्म प्रदेश र स्थानीय सरकारले राहत दिए पनि संघीय सरकारले उपलब्ध नगराएको पिडित परिवारले जनाएका छन ।
तीन जना विद्यार्थी खोलामा बगेपछि माई–१ को ज्वाले, माझीटार, घन्टे र सहवीरेबाट स्कुल आउने बिद्यार्थीको संख्या आधा घटेको भगवती माविका शिक्षक बताउछन् । ३५–४० जना बिद्यार्थी नियमित स्कुल आउथे, अहिले तीन जना बिद्यार्थी खोलामा बगेर बेपत्ता भएदेखि १५ जना मात्र आएका छन्– शिक्षक सुन्दर बुढाथोकीले भने
माई खोलामा पुल नबन्दा सो क्षेत्रका बिद्यार्थी विगतमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए तर , यस आर्थिक बर्षमा घण्टेबाट बिहीबारेसम्मको ८ सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएकाले अब यातायात सहज थेवे बताए ।
उनले विधालय पढछु भन्दाभन्दै मृत्युुवरण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि घण्टे–विहिवारे झोलुङे पुल निर्माण सम्पन्न भएको र थप माझीटार–डुम्रे, खत्रपा–बारधार्ने लगायतका स्थानमा पुल निर्माणकार्य थालिएको जानकारी दिए। निर्माण भएका पुलको नामाकरण समेत मृत्युु भएका विधार्थीका नाममा राख्न थेवेले स्थानीयलाई आग्रह गरे ।
यसैबीच गत कार्तिकमा आएको अविरल वर्षाका कारण ज्यान गुमाएका परिवारलाई समेत राहत वितरण कार्यक्रम रहेको थेवेले वताए ।