फिक्कल । नेपाली कांग्रेस इलामको घर घर जाउँ कांग्रेस जिताउन अभियानको कार्यक्रम सूर्योदय नगरपालिकामा गरिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र स्तरिय कार्यक्रम वडा नं १० को कान्दुक फुटसल एरिनामा गरिएको हो । कार्यक्रममा वडा देखि केन्द्रीय प्रतिनिधि सम्मको उपस्थिति रहेको थियो ।
जनताको घर घरमा नेपाली काङ्ग्रेस काङ्ग्रेसको पक्षमा अबको जनादेश नारा बोकेर कार्यक्रम भइरहेको छ । आसन्न निर्वाचनमा वडा देखि केन्द्र सम्मै जितको सुनिश्चित गर्न कांग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ । कार्यक्रम क्षेत्रीय कार्य समिति क्षेत्र–१ इलामले आयोजना गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का, पुर्व सभापतिहरु केशव थापा, हिमालय कमचार्य, उपसभापति खगेन्द्र देवान, विष्णु दाहाल, क्षेत्रिय सभापति शम्शेर राई, सूर्योदय नगर सभापति नेताहरु भेषराज आचार्य, भुपेन्द्र कट्टेल, तोयानाथ भट्टराई, दुर्गा बराल, चन्द्रकला राई लगायतको सहभागिता रहेको थियो ।