फिक्कल । नेकपा एमालेको फिक्कलमा भएको जनसभाबाट फर्कदै गरेका एमाले कार्यकर्ताले प्रहरी माथी हातपात गरेका छन । हिजो साँझ कार्यक्रम सकेर फर्कदै गर्दा सूर्योदय नगरपालिकाको बौद्धधाममा हिले घर भएका कार्यकर्ताले प्रहरी जवान शंके राई माथी हातपात गरेका हुन् ।
कार्यकर्ता बोकेको सवारीले प्रहरी जवान राई सवार मोटरसाईकलाई सवारी ब्याक गर्दा ठक्कर दिए पछि ती कार्यकर्ताले सवारीबाट ओर्लीएर प्रहरी जवान राईलाई हेल्मेटले हिर्काएका थिए । प्रहरीमाथी हातपात गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको छ ।
नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेबी भट्टराईले आफुलाई आधिकारिक जानकारी नआएको प्रतिक्रिया दिइन् ।