Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

भानुभक्त माविमा अनेरास्ववियुको आयोजनामा कक्षागत श्रुतिलेखन

भानुभक्त माविमा अनेरास्ववियुको आयोजनामा कक्षागत श्रुतिलेखन

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १ २०७८


भानुभक्त माविमा अनेरास्ववियुको आयोजनामा कक्षागत श्रुतिलेखन

इलामको देउमाई नगरपालिकामा रहेको भानुभक्त माविमा अनेरास्ववियुले कक्षागत श्रुतिलेखन कार्यक्रम सम्पन्न गरेको छ । भानुभक्त मावि कमिटीको आयोजनामा भएको कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटी अध्यक्ष क. रवीन्द्र सुवेदीको प्रमुख आातिथ्यता र केन्द्रीय कमिटी सचिवालय प्रवेश पराजुलीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले देउमाई नगरकमिटी अध्यक्ष भिमलाल खनाल ,नेकपा एमाले देउमाई नगरकमिटी सचिवालय सदस्य मौसम खनाल, अनेरास्ववियु जिल्ला कमिटी सदस्य मन्जु लिम्बू , टीका सापकोटा लगायतको उपस्थिति रहेको थियो । कक्षा– नर्सरी तर्फ प्रास्ना बराल प्रथम, डेभिट आचार्य द्धितिय, रिति खनाल तृतिय भएकी छन् । कक्षा केजीमा प्रथम–उर्वशी रिजाल, द्दितिय प्रज्ञा दाहाल। तृतीय– अस्मिता भुजेल भएकी छन् । कक्षा १ मा प्रथम– अबिनभ गौतम, द्दितिय– जेसन खनाल र तृतीय– रोस्नी मुखिया भएकी छन् ।

कक्षा २ मा प्रथम – पुजना चापागाईं, द्दितिय– पुजन चापागाईं, तृतीय – सुशन सुनाम बनेका छन् । कक्षा ३ मा प्रथम– दिक्सन बस्नेत, द्दितिय– दिपेश श्रेष्ठ र तृतीय– रोमन पराजुली भएका छन् । कक्षा ४ मा प्रथम– प्रतिभा नेपाल, द्दितिय– उपस्क राई र तृतीय रचना ढुंगाना रहेकी छन् । कक्षा ५ मा प्रथम –निकिता खनाल, द्दितिय– स्मृति श्रेष्ठ र तृतीय – प्रतिक्षा खतिवडा भएकी छन् । कक्षा ६ मा प्रथम –स्वस्तिका खनाल, द्दितिय– आदित्य आचार्य र तृतीय– निर्जरा लिम्बू घोषित भएकी छन् ।

कक्षा– ७ मा प्रथम– सेमिङला राई, द्दितिय– आयुस्का लम्साल र तृतीय– शान्त ढुंगाना रहेकी छन् । कक्षा– आठ( अंग्रेजी ) मा प्रथम– सुभेक्षा थापा द्दितिय– सुजना राया र तृतीय– मञ्जीला आचार्य बनेकी छन् । कक्षा– आठ( नेपाली) मा प्रथम– निकिता राई, द्दितिय– बिरेन्द बुढाथोकी र तृतीय– मिलन आचार्य बनेका छन् । कक्षा–९ ( अंग्रेजी ) मा प्रथम– समिक्स राउत, द्दितिय– सिवान्त आचार्य र तृतीय– अंशु बास्तोला बनेकी छन् । कक्षा– ९ ( नेपाली) मा प्रथम– प्रतिमा शेर्पा, द्दितिय– नुनिका तामाङ र तृतीय– सिता आचार्य घोषित भएकी छन् ।

कक्षा–९( सिभिल ) तर्फ प्रथम– प्रनिश श्रेष्ठ, द्दितिय– बिचना राई र तृतीय– समीर दाहाल बनेका छन् । कक्षा– ९ ( लेखा ) तर्फ प्रथम– मनिषा पराजुली। द्दितिय– योगेश निरौला र तृतीय– चिरञ्जीवी पराजुली बनेका छन् । कक्षा–१० नेपाली ( शिक्षा ) तर्फ प्रथम– उज्वल लिम्बू, द्दितिय– जय बराइली र तृतीय– तुलसा महरा बनेकी छन् । कक्षा– १० ( अंग्रेजी ) तर्फ प्रथम– निशान तामाङ, द्दितिय– सोनिया थापा र तृतीय– ममिन चापागाईं बनेका छन् । कक्षा– १० ( सिभिल ) तर्फ प्रथम– दिलिप बराइली, द्दितिय– कृतिशा रिजाल र तृतीय– प्रजिता बराल घोषित भएकी छन् ।

कक्षा– ११ ( शिक्षा ) संकायमा प्रथम – संचिता भट्टराई, द्दितिय– ममता आचार्य र तृतीय– जनत कार्की भएका छन् । कक्षा– ११ ( लेखा) संकायमा प्रथम– सायल श्रेष्ठ, द्दितिय– दक्षिना मगर र तृतीय– बासु गजुरेल बनेका छन् । कक्षा–११ ( सिभिल ) तर्फ प्रथम– आकृति राई, द्दितिय– रिदिशा श्रेष्ठ र तृतीय– निकिता प्रधान बनेकी छन् ।

कक्षा– १२( शिक्षा ) संकायमा प्रथम– भुमिका मगर , द्दितिय– सोफिया लुइँटेल र तृतीय– रोजिना राई घोषित भएको अनेरास्ववियु केन्द्रिय सदस्य प्रवेश पराजुलीले जानकारी दिए । विजेता तथा उपविजेतालाई कपि ,बलपेन , दुथपेस्ट ,ब्रस सेनिटाईजर प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार