फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० को समावेशी टोल विकास समितिको अध्यक्ष पुनः डिल्ली प्रसाद सुवेदी चयन भएका छन् । आज सम्पन्न दोश्रो अधिवेशनबाट सुवेदीलाई पुन ः अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा इन्द्रमाया लिम्बु, सचिव भगिमान तुम्रुक, सहसचिव पदमलाल रिमाल र कोषाध्यक्षमा शशी तामाङ रहेका छन् ।
सदस्यहरुमा निरबहादुर लिम्बु, गोविन्द बराइली, तुलसा घिमिरे र सावित्रा दाहाल रहेका छन् । अन्य २ सदस्यहरु पहिलो बैठकबाट मनोनित गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।