Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

समावेशी टोलको दोश्रो साधारणसभा सम्पन्न

समावेशी टोलको दोश्रो साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २८ २०७८


समावेशी टोलको दोश्रो साधारणसभा सम्पन्न

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० को समावेशी टोल विकास समितिको दोश्रो साधारणसभा सम्पन्न भएको छ । टोल समितिका अध्यक्ष डिल्ली सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष पेमा उगेन लामा, सुजन तिमसिना, बुद्धिनाथ बराल, चन्द्र फागो लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पेमा उगेन लामा, सुजन तिमसिना, बुद्धिनाथ बराल, रुद्र सुवेदी, रण बहादुर लाप्चा लगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका अध्यक्षले बार्षिक आय व्यव र बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा टोल समितिका सदस्य हरिप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए । आज नै आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयनको समेत कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार