Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रुक्सानासंगै झुम्यो घुर्विसे पञ्चमी

रुक्सानासंगै झुम्यो घुर्विसे पञ्चमी

  • सेसेहाङ लावती
  • शुक्रबार, फाल्गुन २७ २०७८


रुक्सानासंगै झुम्यो घुर्विसे पञ्चमी

पाँचथर । द भ्वाइस अफ किड्सको फाइनलिस्ट रुक्साना लिम्बु जव माइक लिएर स्टेज अघि आइन् इलाम र पाँचथरको सिमान बजार घुर्विसे पञ्चमीमा संगीतको माहोल बन्यो । हजारौ दर्शकमा माझमा प्रमोद खरेलसंगै उनको स्वर रहेको ‘नोगेन’ बाट स्टेज तताउन सुरु गरिन् ।

घुर्बिसे पञ्ची बजारमा उपस्थित भएका हजारौ दर्शकहरुको जोस र हुटिङ निरन्तर आइरहदा रुक्सानाले खेप्सेम्मे खेप्सेम्मे ,नोगेन,मालिङ्गो काटिनी लैलै बिनायो बाजा, ए साथी लगायतका दर्जनौं गित प्रस्तुत गरिन् । फाल्गुन २६ बिहीवार बिहानैबाट सुरु भएको कार्यक्रम साझ ६ बजे सम्म आइपुग्दा पनि दर्शकहरु रुक्साना लिम्बुको प्रस्तुती सुन्न लाई अझै पर्खिरहेका थिए ।

पाँचथर जिल्ला क्षेत्र नम्बर २ (ख) घुर्बिसे पञ्चमी फाक्तेप बजारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान मञ्चले गरेको क्षेत्रिय अधिवेशन एवम आमसभाको मुख्य आर्कषणको रुपमा रुक्सानालाई निम्त्याइएको थियो । साथमा गायक राज लाबुङको प्रस्तुतिबाट दर्शकहरु नाचिरहेका थिए ।

कार्यक्रममा च्याब्रुङ ढोल समेत प्रस्तुत गरिएको थियो । पार्टीका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पाँचथर अध्यक्ष चन्द्रराज आङ्देम्बे ,प्रान्तिय सचिब एवम निर्देशक सागर केरुङ , विष्णु याक्सो, उपाध्यक्ष ज्ञानु इम्बुङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार