Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेविसंघ केन्द्रीय सभापतिमा इलामका संजिव ढकालको दाबी

नेविसंघ केन्द्रीय सभापतिमा इलामका संजिव ढकालको दाबी

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन २४ २०७८


नेविसंघ केन्द्रीय सभापतिमा इलामका संजिव ढकालको दाबी

इलाम : नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरुको नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको छ । कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको हो । फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारीमा जुटेको हो ।

विशेष गरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ उक्त संगठनहरुमा नयाँ नेतृत्वको तयारी थालिएको हो । तरुण दलमा ४५ बर्ष र नेविसंघमा ३२ बर्षे उमेर हदको व्यवस्था अनुरुप नयाँ कार्यसमिति गठन गर्ने तयारी छ ।

नेविसंघमा डुजाङ शेर्पा, संजिव ढकाल, प्रेमबहादुर शाही, मनीषजंग थापा, हिमान्त भण्डारी, गीता गुरुङ, मेघा शाहीलगायत दौडमा छन् । नेविसंघ नेतृत्वका लागि शेर बहादुर देउवा समूहबाट धेरैले इच्छा देखाएका छन् । इलामबाट कांग्रेस महाधिवेशन प्रतिनिधि एवम नेविसंघ आरआर क्याम्पस इकाइ सभापति समेत रहेका संजिव ढकाललाई भने डा शंशाक कोइरालाले सभापति बनाउने इच्छा देखाएका छन् ।

हरेक आन्दोलनमा अग्रमोर्चामा देखिने गरेका ढकालले नेविसंघको कमान्ड सम्हाल्न आफू सक्षम र योग्य रहेको दाबी गर्दै आएका छन् । ‘कांग्रेसलाई मुलुकमा पहिलो पार्टी बनाउन र गाउँ गाउँसम्म नेविसंघलाई सक्रिय बनाउन मेरो महत्वपूर्ण भूमिकम रहन्छ । अब नेविसंघलाई यथास्थितिमा चलाउनु उचित हुँदैन । सबै तह, इकाइ र जिल्ला जिल्लामा सक्रिय र चलायमान बनाउनु जरुरी छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार