थुम्केरानी । माइजोगमाइ गाउँपालिका वडा नं ६ को थुम्केरानीमा निर्माण भएको पोखरीको उद्घाटन भएको छ । माइजोगमाइ गाउँपालिका अध्यक्ष जित बहादुर राईले पोखरीको उद्घाटन गरे ।
थुम्केरानीबाट माईजोगमाई गाउँपालिका सगै इलामको १० वटा स्थानिय तह सगै भारतको विभिन्न क्षेत्र तथा झापा पाँचथर ताप्लेजुङ लगायतको क्षेत्रहरुको अवलोकन गर्न सकिने छ ।
यस क्षेत्रबाट सुर्योदय र सुर्योअस्त लगयतको अवलोकन गर्न सकिने थुम्केरानीमा माईजोगमाई गाउँपालिकाको पहलमा बिधुतको खानेपानीको समेत राम्रो ब्यावस्था गरिएको छ ।
माइजोगमाइ गाउँपालिकामा जित बहादुर राईको टिम निर्वाचित भएर आएपछि पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माणका काम हुँदै आएका छन् । माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजार बाट इलामकै सबैभन्दा ठूलो आलुबिकास जौवारी जोड्ने सडकले थुम्केरानीलाई छोएको छ ।
सुरुको अवस्थामा सवारीसाधन जान नसक्ने अवस्थन रहेकोमा हाल गाउँपालिका र प्रदेश सरकारको पहलमा सडक बिस्तारको काम तिब्र रुपमा भएको छ ।
गाउँपालिकामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेको र पर्यटकीय क्षेत्रहरुको बिकासमा आफू सदैव लागिरहने कुरा गाउँपालिका अध्यक्ष जित बहादुर राईले बताए । आगमी दिनमा माइजोगमाइ गाउँपालिका बासीको साथ सहयोग भएमा गाउँपालिका जोड्ने सडकहरु स्तर उन्नति गरी बाह्रै महिना सवारी साधन गुडाउन मिल्ने बनाउने पालिकाको योजना छ ।