Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राई जातिभित्र लुङ्खिमले बोल्ने भाषाको प्रशिक्षण सम्पन्न

राई जातिभित्र लुङ्खिमले बोल्ने भाषाको प्रशिक्षण सम्पन्न

  • सन्देश सम्बाददाता
  • शनिबार, फाल्गुन २१ २०७८


राई जातिभित्र लुङ्खिमले बोल्ने भाषाको प्रशिक्षण सम्पन्न

फिक्कल । राई जातीको लुङ्खिम थरीले बोल्ने भाषाको आधारभुत प्रशिक्षण सम्पन्न भएको छ । भाषा आयोग संखमुल काठमाडौँको आर्थिक सहयोगमा भाषाविज्ञ डा तारामणि राई नेतृत्वको अध्ययन टोलीले तयार पारेको आधारभुत पाठ्यसामग्रीको आधारमा सूर्योदय नगरपालिका–११ केराबारीमा ३ महिने प्रशिक्षण सम्पन्न भएको हो ।

जंगबहादुर राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा भाषा आयोगकी सदस्य उषा हमालको प्रमुख आतिथ्यता र वडाध्यक्ष टेकबहादुर राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सुच्चा कल्याणकारी समाजका केन्द्रिय सदस्य कमल बहादुर राई, चितानन्द अधिकारी, प्रशिक्षक अरुण बहादुर राई, निहारिका सेवा समाज समृद्धिको लागि संवादका संयोजक रमेश राई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हमाललाई समाजको तर्फबाट फेटा बाधेर सम्मान गरिएको थियो । दुर्गामान राईले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि उषा हमाल विशेष अतिथि टेकबहादुर राई, अरुण बहादुर राई, कमल बहादुर राई लगायतले मन्तव्य राखेका थिए ।

भोजपूरको लिङ्खिममा पुख्र्यौली बसोबास रहेको राई जातीको इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा बसोबास रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार