Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

धर्म संस्कृतिको संरक्षण गरि पर्यटन प्रवद्र्धन : पर्यटन मन्त्री खिनु लङ्वा

धर्म संस्कृतिको संरक्षण गरि पर्यटन प्रवद्र्धन : पर्यटन मन्त्री खिनु लङ्वा

  • सन्देश सम्बाददाता
  • बुधबार, फाल्गुन १८ २०७८


धर्म संस्कृतिको संरक्षण गरि पर्यटन प्रवद्र्धन : पर्यटन मन्त्री खिनु लङ्वा

चुलाचुली । प्रदेश नम्बर १ सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा धर्म र संस्कृति संरक्षणमा जोड दिएको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् । प्रदेशमा रहेका बहुपहिचायन युक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गरि पर्यटन प्रवद्र्धनको काम समेत गरिने उनले बताइन् ।
प्रदेशमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई यहाँको विविधतायुक्त प्रकृति, भाषा, रहनसहन र संस्कृतिबारे चासो राख्ने गरेकाले धर्म र संस्कृतिको संरक्षण गरि पर्यटन प्रवद्र्धनको काम गरिने मन्त्री लङ्वाको भनाइ छ ।


इतिहास, धर्म संस्कृति, भाषा, लिपि र जातीय विविधता जगेर्ना र प्रवद्धन गर्न विभिन्न जातिय संघ संस्थाहरुसँग सहकार्य गरिने मन्त्री लङ्वाले बताइन् ।
चुलाचुली गाउँपालिका वडा नम्बर १ हात्तीलेदामा आयोजित महाशिवरात्री पर्वको अवसरमा पर्यटन तथा संस्कृति माननीय मन्त्री खिनु लङ्वा लिम्बूले स्थानीय समाजसेवी स्व. छविलाल लाओतीको सालिक अनावरण समेत गरिन् । सो कार्यक्रममा महिला, पुरुषको छेलो प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा मन्त्री लङ्वाले प्रदेश सरकारले जनताको इच्छा अनुरुप आफ्नो कार्यक्रम र विकास निर्माणका काम गर्ने बताइन् ।


उनले प्रदेश बासीको चाहाना अनुरूपे प्रदेश नामाकरण राख्ने मा प्रतिबद्धता व्यक्त गरिन् । किराँत हाङ्साम साम्योग माङ्हिम चुलाचुली गाउँपालिका १ ले आयोजना गरेको कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार