नयाँबजार । माईजोगमाई गाउपालिका–१ लप्सिबोटेका सुजन तामाङले व्यवसायिक फुल खेतीबाट आम्दानी गर्दै आएका छन् । विभिन्न प्रजातिका लगभग १५० भन्दा धेरै जातको फुल रोपेर फुलको बिक्री वितरण गर्दै आएका छन । ७÷८ बर्ष अगाडिबाट फुलखेती गर्दै आएका तामाङले फिक्कल इलाम लगायत ठाउहरुमा फुल बिक्री वितरण गरिरहेको बताए ।

मनग्य आम्दानी नभए पनि आफू सन्तुष्ट रहेको उनले बताए । प्रचारपसार र भौगोलिक अवस्थाका कारण सोचे अनुरुपको आम्दानी नरहेको उनले सुनाए । प्लास्टिकको टनेल निर्माण गरेर विभिन्न ठाउँबाट साथै स्थानीय जातको फुलहरुलाई आफैले क्रस गरेर समेत फुलका बिरुवाहरु उत्पादन गरिरहेको तामाङ पछिल्लो समय घरमा फुल राख्ने सोख बढ्दै गएपछि आर्कषण बढेको बताए ।

करिब १ लाख भन्दा बढिको लागतमा फुल खेती थालेका तामाङले आफ्नो बारीमा किवि अकबरे खुर्सानी तथा खुर्सानीका बिरुवाहरु उत्पादन गर्दै आएका छन । तरकारीबाट भने सोचे अनुरुप आम्दानी लिन सकेको उनले सुनाए । फर्म दर्ता गरेर अन्य नयाँ नयाँ जातका बिरुवाहरु ल्याउने तयारीमा रहेको तामाङले बताए ।
