Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

छिमेकीलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे ठूलो दुर्भाग्य निम्तिन्छ : खनाल

छिमेकीलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे ठूलो दुर्भाग्य निम्तिन्छ : खनाल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १३ २०७८


छिमेकीलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे ठूलो दुर्भाग्य निम्तिन्छ : खनाल

काठमाडौं : नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन्। शुक्रबार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसिसीविरुद्ध खबरदारी सभामा नेता खनालले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरूले एमसिसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको दाबी गरे। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसिसी चाहियो भनेर पत्र लेखिएको बताएका थिए।

नेता खनालले आफ्नो कार्यकालमा एमसिसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरू लिएर आउन पनि चुनौति दिए। उनले एमसिसीलाई पत्र लेख्ने कुरा डा। बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा घाम जत्तिकै छर्लङ्ग रहेको बताए। नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्‍यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरू चालिएको आरोप पनि लगाए।

,’मैले चिठी लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरूले प्रचारप्रसार गरिरहेका छन्। यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो। म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु।’ उनले भने

‘एमसिसी सम्झौता गर्ने कुरामा एउटा कुरा पनि अघि बढाएका छैनौँ। हामी त्यो हैसियतमा पनि थिएनौँ। त्यतिबेला हामी संविधान बनाउन केन्द्रित थियौँ। त्यो भन्दा पछाडि जुन सरकार बन्यो, सायद भित्रभित्रै त्यसका कार्यहरू हुँदै थिए।
एमसिसी ल्याउनको लागि डा। बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर त्यो शुरुवात भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ।’

नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरू कुनै नहुने दाबी गरे। उनले छिमेकी राष्ट्रहरूलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्ने अवस्था आउन सक्ने बताए। उनले छिमेकी देश चीन र भारतकाविरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे।

सम्मानित नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसिसी नेपाललाई नचाहिने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार