Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बैदेशिक रोजगारीले रेमिटयान्स भित्रिए पनि परिवारमा कलह बढ्दै

बैदेशिक रोजगारीले रेमिटयान्स भित्रिए पनि परिवारमा कलह बढ्दै

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १२ २०७८


बैदेशिक  रोजगारीले रेमिटयान्स भित्रिए पनि परिवारमा कलह बढ्दै

फिक्कल ।  बैदेशिक रोजगारीले रेमिट्यान्स भित्र्याए संगै पारिवारीक कलह बढदै गएको सरोकारवालाले औल्याएका छन । सूर्योदय नगरपालिकामा सुरक्षित आप्रवासन परियोजना(सामीले) गरेको छलफल कार्यक्रमममा सरोकारवाला सहभागीले बैदेशिक रोजगारीले रेमिट्यान्स संगै पारिवारीक कलह बढदै गएको औल्याएका हुन् ।

सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गादेबी भट्टराईले बैदेशिक रोजगारीले देशमा रेमिटयान्स भित्रियो भनेर खुसी हुने अवस्था नरहेको बताइन्। उनले परिवारको खुसीका लागि बैदेशिक रोजगारीमा गएका ब्यक्ति घर फर्किदा कलह थपिने गरेको बताइन् । उनले पारिवारीक सामाजिक कारणले बैदेशिक रोजगारीका कारण महिला बढी पीडित बनिरहेको उल्लेख गरिन् ।

भट्टराईले बिदेश गएका युवती समेत गाउँघरमा आएर पुर्नः स्थापित भएर बस्नका लागि निक्कै सकस रहेको बताइन् । उनले श्रीमती बिदेश पठाएका पुरुषलाई समेत गाउँ समाजमा समस्या पर्ने गरेको बताइन् । उनले भनिन् अमनचयनका लागि बैदेशिने चलन छ , बिदेशमै हुँदा र घर फर्कीएपछि त्यो अमनयचयन हुँदैन भने बिदेश किन जानु ?’  उप प्रमुख भट्टराईले श्रीमान बिदेश गएका महिलालाई बित्तिय साक्षरताको खाँचो रहेको औल्याइन् ।

सामी परियोजनाका प्रदेश १ का परियोजना संयोजक कोपिला दाहालले बिदेशबाट फर्कीएका महिलालाई घरपरिवार र समाजले हेर्ने दृष्टीकोण परिवर्तन हुनु पर्ने बताइन् उनले राम्रै कामको लागि बिदेश पुगेर फर्कीएको भए पनि बिभिन्न शंकाको दृष्टीले महिलालाई हेरिने गरिएकाले उनीहरुलाई जिवनयापनमै समस्या हुने गरेको बताइन् ।

उनका अनुसार श्रीमती बैदेशिक रोजगारीमा गएका श्रीमानले बढी दोस्रो बिवाह गर्ने गरेका छन् । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको सामीले इलाम सहित ३९ जिल्लाका १५६ पालिका केन्द्रित भएर काम गर्दै आएको छ ।

कार्यक्रममा परियोजनाका इलाम संयोजक इश्वरी तामाङले बैदेशिक रोजगारीका कारण रेमिटयान्स भित्राउने परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताको बिषय भएको बताए । उनले गलत तरिकाले बिदेश जाने चलनका कारण ठगिने र ठगीएको प्रमाण समेत नहुँदा उनीहरुलाई सहयोग गर्न समस्या हुने गरेको बताए

कार्यक्रममा सामीका झापा, इलाम, पाँचथर संयोजक राम कुमार कर्णले नेपालबाट बर्षेनी ४ लाख ५० हजार युवायुवती बैदेशिक रोजगारीमा जाने गरेको बताए । उनले स्थानीय सरकारले समेत रोजगारी सिर्जना गर्न नसक्दा बैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको बताए । उनले नेपालका ५६ प्रतिशत घरधुरी बिदेशी रेमिटयान्समा आश्रित रहेको जानकारी दिदै ७४.५ प्रतिशत नेपाली दक्षता बिनै बिदेश पुग्ने गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकला बराईलीले तीनै तहका सरकारको समन्वयमा काम गर्न सके बैदेशिक रोजगारीलाई सुरक्षित गर्न सकिने बताइन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले बैदेशिक रोजगारीमा गएका परिवारका समस्या प्रहरीमा बढी आउने गरेको बताउँदै परिवार र समाजलाई सजग गराउन सबै लाग्नु पर्ने बताए ।

इलाम जिल्ला ७७ जिल्ला मध्ये बैदेशिक रोजगारीमा जानेको २४ औं स्थानमा रहेको छ । जसमा महिलाको हकमा ७ औं स्थानमा पर्दछ । इलाममा परियोजनाले ४ हजार १ सय ६१ जनालाई परामर्श दिईएको छ । २७२ वटा केश परियोजनामा परेकोमा १५० वटा समाधान भएका छन ।

४ बर्षको अवधिमा १३८ जनालाई शिप बिकास तालिम दिईएको छ । उक्त अवधिमा बैदेशिक रोजगारीमा ठगीएका ब्यक्तिको ३ करोड ७६ लाख ४१ ह्जार ५ रुपियाँ क्षतीपुर्ती बापत फिर्ता गराईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार