इलाम । एमसीसीको विरोधमा नेत्र विक्रम चन्द निकट नेपाल कम्युनिष्ट पाटी लगायतका दल र मार्चा आन्दोलित बनेका छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसिसी सम्झौतालाई संसदमा टेवल गर्न खोजेपछि नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी पार्टी र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल आन्दोलित बनेका हुन् ।
उनीहरुले इलाममा आज प्रर्दशन गर्दै राष्ट्रघाती एमसीसी स्विकार्य नहुने बताए । प्रर्दशनलाई सम्बोधन गर्दै नेकपा इलामका सेक्रेटरी मौसमले एमसीसी जस्तो रास्ट्रघाती सम्झौता गरेर नेपालमा बिदेशीहरुको हैकम लाद्न खोजिए राष्ट्रि मुक्ति युद्ध सुरु हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले लिने बताए ।
उनले कुनै पनि हालतमा नेपालमा एमसीसी सम्झौता पास गर्न नहुने बताउदै पास गर्ने नेताहरुलाइ जनताले जिउदो नछाड्ने चेतावनी दिए । उनले सबै जनतालाइ जागरुक भएर एमसीसी बिरुद्धको संघर्षमा अपिल समेत गरेका छन ।
प्रदर्शन पछि भएको कोण सभामा नेकपा क्रान्तिकारी माओवादीका इलाम जिल्ला सचिब रुद्र सांङ्गपाङ्ग र बैज्ञानिक समाजावादीका मंगेस लकान्द्रीले भनाइ राखेका थिए । कोण सभाको संचालन नेकपा इलामका जिल्ला सदस्य बिमल आचार्यले गरेका थिए ।
