Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

चलायमान बन्दै सूर्योदय कांग्रेस

चलायमान बन्दै सूर्योदय कांग्रेस

  •  नमीन ढकाल
  • बिहिबार, फाल्गुन ५ २०७८


चलायमान बन्दै सूर्योदय कांग्रेस

फिक्कल । नेपाली कांग्रेसले सुर्योदय नगरपालिकामा संगठन बिस्तारलाई तिव्रता दिएको छ । निर्वाचनको मिति घोषणा भएसंगै कांग्रेसले गाँउ टोलमा संगठन सुदृढ अभियान चलाएको हो ।

१४ औ अधिवेशन नयाँ नेतृत्व पाएसंगै सूर्योदयका कांग्रेस नेताहरु निर्वाचनलाई ध्यानमा राखेर अभियान नै बनाएर दैनिक जसो गाउँगाउँमा पार्टी प्रवेश एवम प्रशिक्षण कार्यक्रम चलाउँदै आएका हुन् । फागुन २ गते सूर्योदय नगरपालिका–१० को डाँडागाउँमा टोल कार्य समित गठन गरेको छ ।

वडा सभापति रोहित खड्काको सभापतित्वमा कार्यक्रम गरेर कांग्रेसले टोल समिति गठन गरेको हो । सोही दिन नै वडा नं ८ मा समेत टोल समिति गठन भएको छ । पित्रीभक्त पौडेलको सभापतित्वमा १९ सदस्यीय टोल समिति गठन भएको हो ।

अन्य पार्टीबाट कार्यकर्ताहरुलाई कांग्रेस प्रवेश गराउनुका साथै पार्टीमा योगदान पुर्याउने ३ जनालाई सम्मान समेत गरिएको छ । कार्यक्रममा नगर सभापति जिवन नेपाल, उपसभापति रमेश प्रधान, पुर्व क्षेत्रीय सभापति भिष्म प्रधान लगायतको उपस्थिती रहेको थियो ।

सूर्योदय कांग्रेसले फागुन १ गते पार्टी संगठनलाई निरन्तरता दिने क्रममा सुर्योदय नगरपालिका वडा नं १० अन्तर्गत आहाले र आरुबोटेमा टोल कार्यसमिति गठन भएको छ । कार्यक्रममा पुर्व क्षेत्रिय सभापति दुर्गा बराल, नगर सभापति जिवन नेपाल, प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) का उपसभापति ज्ञान बहादुर राई, वडा सभापति रोहित खड्का लगायतको उपस्थिती रहेको थियो ।

सहिद दिवसको अवसर पारेर कांग्रेसले मालुमा टोल समिति गठन गरेको थियो । त्यसभन्दा अघि वडा नं ७ को गोगने र वडा नं २ को लालीखर्कमा अन्तरक्रिया, पार्टी प्रवेश एवम टोल समिति गठन गरेको थियो । पछिल्लो समय कांग्रेसले टोल समिति गठन प्रक्रियालाई तिव्रता दिएको नगर सभापति जिवन नेपालले बताए ।

‘ तल्लो तह भनेको टोल समिति भएकाले नेपाली कांग्रेस सूर्योदय अहिले १४ वडाका टोलटोलमा पुगेर कार्यकर्ताहरुलाई संगठित र प्रशिक्षित गर्ने कार्यमा लागेको छ ।’ नेपालले भने ‘ फागुन १५ गते भित्रमा टोलको कार्यक्रम सकेर भातृ संगठन र शुभेच्छुक संगठनहरुको काम अघि बढ्ने गरीको तयारी छ ।’

अहिलेसम्म कांग्रेसले नगर क्षेत्रका १० वटा वडाका ६० भन्दा बढि टोल समितिहरु बनाएर पार्टीलाई चलायमान बनाएको छ । बाँकी रहेका वडाका कार्यक्रमहरु र भातृ संगठनलाई चलायनमा बनाएपछि निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँगाउँमा पुग्ने नेपालले जानकारी दिए ।

उनले अहिलेको अवस्थामा गाउँ टोलमा २०७४ को तुलनामा कांग्रेसको अवस्था निक्कै सुधारात्मक पाइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार