इलाम । इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवामा विभिन्न पार्टी परित्याग गरि माओवादी प्रवेश गरेका छन् । एक कार्यक्रम बिच नेपाली कंग्रेस बाट कुमार गुरुङ र एमालेबाट रमेश बागदशको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्र नगर उपाध्यक्ष एवम वाइसिएल केन्द्रिय सदस्य बिक्रम बाबु फियाक, बिक्रम जित राई, वाईसीएल इलाम जिल्ला संयोजक कमल दुलाल ,अनेम संघ नगर अध्यक्ष रन्जिता जिमि माओवादी नगगर सदस्य याम सुनुवार गोकर्ण सुनुवार, योगेश सुनुवार लगायतले स्वागत गरे ।
कार्यक्रममा जनयुद्धमा सहादत प्राप्त गर्ने सहिद चोव बहादुर सुनुवारको पिता रत्न बहादुर सुनुवारलाइ सम्मान समेत गरिएको थियो । माओवादी केन्द्रका वडा अध्यक्ष बिनय राईको अध्यक्षतामा भएको कार्यक्रम प्रकाश राईले सञ्चालन गरेका थिए ।