इलाम : २७ औ जनयुद्ध दिवस इलामका विभिन्न स्थानीय तहमा भव्य कार्यक्रम गरेर मनाइएको छ । जिल्लाका केही पालिकामा माओवादी केन्द्रले रचनात्मक कार्य गर्दै जनयुद्ध दिवस मनाइएको हो ।
इलाम नगरपालिका–११ सोयाकमा सहिद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ ।
१० बर्षे जनयुद्धका क्रममा सहादत हुने टंक बहादुर राई, मोहन ब्लोन, चन्द्र बहादुर तामाङको परिवारलाई सम्मान गरिएको हो । पार्टीका वडा अध्यक्ष श्याम राईको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी नेता एवम आदिवासी जनजाती महासंघका केन्द्रिय उपाध्यक्ष किरण सुनुवार रहेका थिए ।

कार्यक्रममा पार्टीको प्रदेश सदस्य एवम इलाम जिल्ला संयोजक सोममाया राई सिन्धु, प्रदेश कमिटी सदस्य एवम इलाम नगर इन्चार्ज शान्ता बस्नेत, नगर अध्यक्ष प्रवाश शर्मा, वाइसिएल जिल्ला इन्चार्ज विक्रम लिम्बु लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टीका नगर सहसचिव नविन फागो, वाइसिएल केन्द्रिय सदस्य चन्द्रकला तामाङ, संयोजक कमल दुलाल, अखिल नेपाल महिला संघ इलाम नगर अध्यक्ष रञ्जिता जिमी, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष रोशन राई, पार्टीका नगर कमिटी सदस्य पुकार राई, असल फागो, घनश्याम चापागाई, बुद्धविर लिम्बु, टेक राई, लोकनाथ खनालका साथै सहिद परिवारका दिलकुमारी राई, सिंहबहादुर ब्लोन, इन्द्रबहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम पार्टीका सचिव जिवन घिसिङले गरेका थिए ।
साथै इलाम चोक बजारमा दिप प्रज्वलन समेत गरिएको छ । नगर पार्टी, बाइसिएल र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा दिपप्रज्वलन गरिएको हो । कार्यक्रमलाई माओवादी केन्द्रका जिल्ला संयोजक सोममाया राई र नगर अध्यक्ष प्रवाश शर्माले सम्बोधन गरेका थिए । कार्यक्रम अखिल क्रान्तिकारीका अध्यक्ष नयन राईले संचालन गरेका थिए ।

देउमाई नगरपालिकामा नगर पार्टी र वाइसिएलको संयुक्त आयोजनामा दिपप्रज्वलन गरिएको छ । कार्यक्रमा पार्टीका प्रदेश कमिटी सदस्य तथा देउमाई इन्चार्ज राम राई, नगर उपाध्यक्ष टिकाराम बराइली, अनिल बराइली लगायतको उपस्थिती रहेको थियो ।
फाकफोथुम गाउँपालिकामा पार्टी र वाइसिएलको आयोजनामा भेला र प्रशिक्षण कार्यक्रम गरिएको छ । साथै दिपप्रज्वलन समेत गरिएको जनाइएको छ । पार्टीका प्रदेश कमिटी सदस्य सौरभ गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका अध्यक्ष केवि बान्तवा, पार्टीका कार्यालय सचिव प्रकाश परियार, वाइसिएल जिल्ला सचिव छत्र दलार्मी लगायतको उपस्थिती रहेको थियो ।

माङसेबुङ गाउँपालिकामा वाइसिएल वडा नं १ को आयोजनामा विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको छ । कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य एवम जिल्ला सहइन्चार्ज कान्छा लावती, प्रदेश कमिटी सदस्य जनम खम्बु लगायतको उपस्थिती रहेको थियो ।

चुलाचुली गाउँपालिकामा माओवादी केन्द्रले रचनात्म कार्य गर्दै जनयुद्ध दिवस मनाएको छ । पार्टीको पालिका कमिटी, अखिल क्रान्तिकारी र वाइसिएलको संयुक्त आयोजनामा वडा नं ३ को स्वास्थ्य चौकी सरसफाइसगै दिपप्रज्वलन कार्यक्रम गरिएको छ ।

सूर्योदय नगरपालिकामा समेत दिप प्रज्वलन गरिएको छ । फिक्कल चोकबजारमा पार्टीका नेता कार्यकर्ता एवम भातृ संगठनका प्रतिनिधिहरुको सहभागितामा दिपप्रज्वलन गरिएको हो । कार्यक्रमलाई पार्टीका प्रदेश कमिटी सदस्य प्रविन तिम्सिनाले सम्बोधन गरेका थिए ।