Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा जनयुद्ध दिवस

फाकफोकथुममा जनयुद्ध दिवस

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन १ २०७८


फाकफोकथुममा जनयुद्ध दिवस

फाकफोकथुम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फाकफोकथुम गाउँ समितिले २७ औं जनयुद्ध भब्य रुपमा मनाएको छ । पालिका अध्यक्ष केवि वान्तवाको अध्यक्षता भएको कार्यक्रममा शुभकामना आदानप्रदान, सहिद तथा बेपत्ता परिवार सम्मान साथै पुर्वजनमुत्ति सेना सम्मान कार्यक्रम गरि मनाइएको थियो

फाकफोकथुमको १ नं वडा कार्यालयमा गरिएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, जिल्ला कार्यालय सचिव प्रकाश परियारको विशेष आतिथ्यता, जनप्रतिनिधि, वडाध्यक्ष टेकविर नेम्वाङ साथै पार्टीका पदाधिकारी एवं जनवर्गीय संगठनको नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी सचिव प्रकाश राईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अरुण दर्लामीले स्वागत गरेका थिए । फाकफोकथुमका १० बर्ष जनयुद्धमा ५ जना शदिद भएका थिए । १ सय भन्दा धेरै तत्कालीन माओवादीको सेना जनमुक्ति सेना एवं जनमेलेसियामा सहभागि भएका थिए ।

त्यसैगरि वाइसीएल नेपाल फाकफोकथुमको संयोजजमा साझ दिप प्रज्वलग गरि दिपावली गरेको थियो । माओवादी केन्द्रले पालिका स्तरीय कार्यक्रमहरु स्थान परिवर्तन गरि हरेक वडा(वडामा गर्दै आएको छ । जिल्ला भरी नै पार्टीले शुभकामना आदानप्रदान, वृक्षारोपण, सरसफाइ, सम्मान एवं अभिनन्दन लगायतको कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेताहरु सौरभ गुरुङ, प्रकाश परियार, रुपनारायण अधिकारी, लक्ष्मण घतानी, केदारनाथ खनाल, हेमकण निरौला, बिष्णुमाया थापा, छत्र दर्लामीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार