फिक्कल । प्रदेश १ को नवनिर्वाचित पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुलाई गृह नगरमा स्वागत सम्मान गरिएको छ । नेकपा एकिकृत समाजवादी सूर्योदय नगर कमिटीले फिक्कलमा कार्यक्रमको आयोजना गरि मन्त्री लिम्बुको स्वागत गरेको हो ।

नेकपा एस नगर कमिटी अध्यक्ष कमल गदालको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य एकराज घिमिरे, नगर इन्चार्ज तारा नेपाल, युवा संघ इलामका इन्चार्ज पेमा उगेन लामा, नगर र वडाका पार्टी सदस्यहरुको उपस्थिती रहेको थियो । प्रदेश सभा इलाम क्षेत्र नं १ को क बाट निर्वाचित लिम्बु गत माघ २३ गते प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रीमा नियुुक्त भएकी थिइन् ।