Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पत्रकार सुसेलीलाई मातृशोक

पत्रकार सुसेलीलाई मातृशोक

  • लोकल सन्देश
  • शनिबार, माघ २२ २०७८


पत्रकार सुसेलीलाई मातृशोक

इलाम । नेपाल पत्रकार महासंघ प्रदेश–१ का निर्वतमान उपाध्यक्ष सोमनाथ सुसेली (अधिकारी) लाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ इलामका पुर्व सभापति समेत रहेका अग्रज पत्रकार सुसेलीकी ८२ वर्षीया आमा बिष्णुमाया अधिकारीको शनिबार दिउँसो निधन भएको हो ।

इलाम नगरपालिका–९ निवासी अधिकारीको घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि दम रोगबाट पीडित अधिकारीको शनिबार दिउँसो साढे १ बजे निधन भएको हो । मृतक अधिकारीका श्रीमान, दुई छोरा र एक छोरी छन् । मृतक अधिकारीको आइतबार बिहान माईखोलाको राजदुवाली घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

रेडियो नेपालबाणि एफएम इलामका स्टेशन म्यानेजर तथा इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुन् । मृतक अधिकारीका श्रीमान् शिवप्रसाद, छोराबुहारीहरु अविनारायण–ललिता, सोम सुसेली– मेनुका रहेका छन् । निरा र स्व विष्णुकुमार शर्मा अधिकारीका छोरी ज्वाईँ हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार