माई । चिसो बढ्न थाले दक्षिणी इलामको माई नगरपालिका–६ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले २ सय १६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । ज्येष्ठ नागरिकहरुले खुशी ब्यक्त गर्दै घरघरमा नै सिंहदरवार आएको महसुस भएको बताए ।
कार्यक्रममा वडाध्यक्ष मुखराज आङ्देम्बे,समाजसेबी धन बहादुर आङ्देम्बे, खड्ग कडेल, वडा सचीव रमेश गिरी, कार्यालय सहयोगी समीर योङ्हाङ ,मन कुमार योङ्हाङ लगायतको उपस्थिति रहेको थियो । गतबर्ष वडा नं ६ ले जेष्ठ नागकिहरुलाइै जनकपुर मनकामना, लुम्बिनी घुमाएर सम्मान गरेको थियो ।