इलाम । नेपालको परिवर्तनकारी संचारकर्मीको संस्था प्रेश सेन्टर नेपालको १८ स्थापनाको अवसरमा प्रेश सेन्टर जिल्ला शाखा इलामले राहसल बालगृह इलाम नगरपालिकामा रहेका बालबालीकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघलाई समावेशी बनाउनसँगै संघीय संरचनामा लैजान नेतृत्वदायी भुमिका खेल्ने प्रेश सेन्टर नेपालले स्थापनाको अवसरमा रचनात्मक काम गरेको हो ।

कोराना माहामारीको तेस्रो भेरियण्टबाट बालबालीकाहरुलाई बचाउन सहयोग गर्ने उदेश्यले प्रदेश सेन्टर नेपाल इलामका अध्यक्ष बुद्धमाया सोङ्मी र प्रेश सेन्टर प्रदेश एकका प्रमुख सचिव सुजन तिमसिनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कोरोना माहामारीका कारण स्मार्ट लकडाउन भएको अवस्थामा औपचारीक कार्यक्रम गर्न नमिल्ने भएकाले बालगृहमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सेन्टरकी जिल्ला अध्यक्ष बुद्धमाया सोङ्मीले बताइन् । प्रेश सेन्टर नेपालको गणतन्त्र स्थापनाका लागि आवाज उठाउने नेपाली संचार संस्थाहरु मध्ये पोहिलो संगठन हो । नेपाल पत्रकार महासंघलाई समावेशी बनाउनसँगै संघीय संरचनामा लैजान नेतृत्वदायी भुमिका प्रेश सेन्टरले खेल्दै आएको छ ।