Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै ध्यानकर्षण

कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै ध्यानकर्षण

  • लोकल सन्देश
  • बुधबार, माघ १२ २०७८


कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै ध्यानकर्षण

फिक्कल । इलामको सूर्योदय नगरपालिकाको कन्याममा नीजि जमिनमा जाने सडक निर्माण गर्दा चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । सूर्योदय नगरपालिका ७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले नगर प्रमुखको रणबहादुर राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले सडकको १५ मिटर कटाउदा समेत करिव १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवाले बताएका छन । उनीहरुले सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिव कुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाएका छन । जमिन वडा नम्बर ७ मा परेपनि वडा नम्बर ६ ले पेलेर बाटो खनाएको ज्ञापनपत्रमा उल्लेख छ ।

बिरोधमा उत्रिएका युवाले माथि सडक निर्माण गरेर संरचनाका लागि जमिन खन्दा तल रहेको गुप्ती गाउँ समेत जोखिममा परेको बताएका छन । उनीहरुले नगर प्रमुख राईले उक्त बिषयमा आफुले बुझेर कार्यपालिकामा छलफल गराउने आश्वासन दिए । यस अघि समेत कन्याम क्षेत्रमा केहि संरचना बगानको जमिनमा निर्माण गरिएको भए पनि कसैले बिरोध जनाएको थिएन ।

स्थानीयले सबै बगानको जमिन मिचीएका संरचना हटाउनु पर्ने माग गरेका छन । २०५७ सालमा तत्कालिन सरकारको अर्थ मन्त्रालयको नीजिकरण शाखाले ५० बर्षका लागि कन्याम सहित इलाम र झापाका ७ वटा चिया बगान भारतको संघाई त्रिर्वेर्णी गु्रपलाई लिजमा दिएको थियो ।

संघाईले सरकारलाई तिर्नु पर्ने कर समेत नतिरेको भन्दै स्थानीय पालिकाले संम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन । कर असुल्न स्थानीय पालिकाले पहल समेत गर्दै आएका छन । कन्याममा मात्र चिया बगानको २० करिव २० हेक्टर जमिन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार