Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१० तस्बिरमा हेर्नुहोस राष्ट्रपति भण्डारीको युएई भ्रमण (फोटो फिचर)

१० तस्बिरमा हेर्नुहोस राष्ट्रपति भण्डारीको युएई भ्रमण (फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २९ २०७४


१० तस्बिरमा हेर्नुहोस राष्ट्रपति भण्डारीको युएई भ्रमण (फोटो फिचर)

अबुधावी – युएई भ्रमणमा रहेक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गरेकी छिन् ।

राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उनलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गरे । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरूले राष्ट्रपति भण्डारीलाई विभिन्न कलाकृतिका विभिन्न पक्षका विषयमा जानकारी गराएका थिए ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि थिए । नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित थिए ।

लुभ्र अबुधावी कला तथा सभ्यताको संग्रहालय हो । यस संग्रहालयको उद्घाटन २०१७ नोभेम्बर ८ मा भएको हो । यो संग्रहालय अबुधावी तथा फ्रान्सेली सरकारबीच ३० वर्षीय सम्झौताको एक भाग हो र यो सादियत द्वीप सांस्कृतिक जिल्लामा रहेको छ ।

यो संग्रहालय २४ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ र यहाँ ८,००० वर्गमिटर क्षेत्रमा प्रदर्शन कक्ष रहेका छन् । यो अरेबियाली प्रायःद्वीपमा सबैभन्दा ठूलो संग्रहालय ठानिन्छ ।

लुभ्र अबुधावी संग्रहालय निर्माण गर्न ६० करोड दिराम खर्च भएको अनुमान गरिएको छ । ‘लुभ्र’ नामसँग सम्बन्धित हुन अबुधावीले ५२ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको छ र कला प्राप्त गर्न विशेष प्रदर्शन तथा व्यवस्था गर्न थप ७४ करोड ७० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

यहाँ विश्वभरबाट ल्याइएका कला प्रदर्शन गरिएको छ र विशेषगरी पूर्वीय र पश्चिमी कलाबीचको अन्तर हटाउन यहाँ प्रयास गरिएको छ ।

यस्तै भण्डारीले मंगलबार नै अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क ९मस्जिद० को अवलोकन गरिन् ।यस्तै भण्डारीले अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिन् ।

राष्ट्रपति भण्डारी शहीद स्मारक पुग्दा उहाँलाई शहीदका परिवार मामिला कार्यालयका निर्देशक शेख खलिफा बिन तहनुन बिन मोहम्मद अल नेह्यानले स्वागत गरे ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् ।

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अबुधावीस्थित मस्दार नगरको पनि भ्रमण गरिन् ।
यसैबीच भण्डारीसँग अबुधावीमा संयुक्त अरब इमिरेट्स ९युएई० को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गरे ।

राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स ९युएई० को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आइपुगेकी हुन् ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार