कन्याम । नेकपा एमाले बाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी ) ले पुुर्नगठनको प्रारम्भ देखि नै इलामको सूर्योदय नगरपालिकामा सांगठनिक गतिविधि लाई तीब्रता दिदै आएको छ । केही महिना अगाडि मात्रै वडाको वृहत भेला बाट वडा स्तरिय कमिटी गठन गरेको पार्टीले टोल समिति निर्माणको कामलाई योजनाबद्ध रुपले बढाउदै लगेको छ ।
जसअनुसार सूर्योदय नगरपालिका–६ को कन्याम टोल लाई समेटी टोल समिति निर्माण गरिएको छ । राजु निरौलाको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष मा बिजय भूजेल महिला उपाध्यक्ष मा कबिता भूजेल सचिवमा डम्बर हेन्जन, सहसचिवमा सलिना भूजेल चयन भएका छन्।
सदस्यहरुमा रुपेश बुडाथोकी ,मनिका भुजेल ,सोमबहादुर तामाङ ,रमेश गिरी, छिरिङ मोक्तान ,रविन मोक्तान ,तेजबहादुर तामाङ ,गंगा भूजेल लगायत रहेको र केही लाई पछि थप गर्ने गरि हाल लाई २१ सदस्यीय टोल कमिटी गठन गरिएको वडा समिति अध्यक्ष छवि तिवारीले जानकारी दिएका छन् ।
सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेत ,वडा सदस्य बीरवहादुर भूजेल लगायत जनप्रतिनि िहरुले एकीकृत समाजवादी रोजे पछि विस्तारै पुर्व एमाले समर्थकहरु पनि यस तर्फ खुल्दै आउने क्रममा रहेको तिवारीले जानकारी गराएका छन् । नगर सह–सचिव बीरबहादुर भूजेलको उपस्थिति रहेको सो कार्यक्रम कोरोना महामारीको कारण सामान्य र छरितो ढंगले सम्पन्न गरेको उपाध्यक्ष विजय भूजेलले जानकारी दिए