नयाँबजार । इलामको माइजोगमाई गाउँपालिका–२ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को वडा कमिटी गठन गरिएको छ । जीवन थामीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । उपाध्यक्षमा मनोज राई र खम्बासिंह खड्का, सचिव रमेश राई, उपसचिव सजिन खतिवडा र राजेन्द्र भण्डारी रहेका छन् ।
त्यसैगरी रोमन राईको संयोजकत्वमा २१ सदस्यीय युवा संघ नेपाल वडा कमिटी समेत गठन गरिएको छ । जिल्ला कमिटी सदस्य राजकुमार राई (बिमल) को अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गा.पा.कमिटी अध्यक्ष जीत बहादुर निरौला, युवा संघ नेपाल जिल्ला अध्यक्ष महेश तिवारी, युवा संघ नेपाल जिल्ला सह–इन्चार्ज हुकुम थामी अनेरास्ववियु केन्द्रिय सदस्य सन्जिब थामी, जिल्ला कमिटी उपाध्यक्ष रत्न थामी लगायतको आतिथ्यता रहेको थियो ।
रितुकुमार थामीले स्वातग गरेको कार्यक्रम सन्जिब थामीले संचालन गरेका थिए ।