Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

हराउँदै स्मृतिका चौतारा

हराउँदै स्मृतिका चौतारा

  • राेशन काफ्ले
  • शनिबार, माघ ८ २०७८


हराउँदै स्मृतिका चौतारा

नयाँबजार । केही बर्ष अघिसम्म गाउँगाउँका बाटैभरी पाटी पौवा र धर्मशालाहरु देखिन्थे । मृतक आफन्तको स्मृतिमा बाटो हिड्ने बटुवाहरुलाई थकाई मार्नका लागि भञ्ज्याङ् देउराली डाँडा रुखको छहारीमा पैवा र धर्मशाला बनाउने गरेका थिए । तर पछिल्लो समय ती पाटी पौवा र धर्मशाला बिरलै भेटिन्छन् ।

निर्माण भएका कतिपय अहिले भग्नावशेष मात्रै बाँकी छन् । अझ पछिल्लो समय यस्ता संरचनाहरु निर्माण नै हुन छाडेका छन् । पहिलो निर्माण भएकाहरु समेत निर्माणकर्ताले संरक्षणमा चासो नदिँदा भत्किएर गएका छन् । सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशालाको अस्तित्व लोप हुँदै गएको हो ।

सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् । यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र चौतारी पछिल्लो समय सडकका कारण कम उपयोग हुँदै आएको शिक्षक दुर्गा खनाल बताउँछिन् । ‘तेसै त पौराणिक कुराहरू आफै एकाएक लोप भएको देखिन्छ भने अर्कोतिर यातायात को पर्याप्तता भएरै होला पाटी पौवा हरु प्रयोग मा नआएर पनि संरक्षण नभइरहेको ’

गाउँठाउँमा पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि धर्मशाला बनाएर घैंटोमा पानी राखिदिने चलन निकै पुरानो हो । करिब एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा पाटी पौवाको उपयोग तथा माटोको घैँटोमा चिसो पानीसहितका धर्मशाला देखिन्थे । सडक विस्तारले व्यापकता पाएसँगै यस्तो मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ ।

ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा, चौतारा भत्किदा ग्रामीण सौन्दर्य नै हराएको छ । माईजोगमाई गाउँपालिका–१ का वडाध्य याम कार्की बाटोघाटोका स्थान परिर्वतन भएका कारण संरक्षण हुन नसकेको बताउँछन् । उनी सांस्कृतिक र आध्यात्मिक रुपमा निर्माण भएका यस्ता संरचनाहरु जोगाउनुपर्ने तर्क राख्छन् ।

‘सरकारलाई एक त ध्यानाकर्षण भएन सल्लाह सुझाव नहुदा अर्को कुरा जनचेतनाको कमीका कारणले पनि यस्ता खाले संरचनाहरु जिर्ण हुँदै गएका हुन् ।’ उनले भने ‘अहिले स्थानीय सरकारले बजेट बिनियोजन नगर्दा चाहिँ यस्ता मैलिकता झल्किने पुराना संरचना लोप भएको देखिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार