Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

५ महिनामा यातायात व्यवस्था कार्यालय इलामको राजश्व ३ करोड

५ महिनामा यातायात व्यवस्था कार्यालय इलामको राजश्व ३ करोड

  • लोकल सन्देश
  • मंगलबार, माघ ४ २०७८


५ महिनामा यातायात व्यवस्था कार्यालय इलामको राजश्व ३ करोड

इलाम । यातायात व्यवस्था कार्यालय इलामको राजश्व ३ करोड संकलन गरेको छ । चालु आर्थिक वर्षको ५ महिनामा उक्त राजश्व संकलन गरेको हो । कार्यालयले २ करोड ९९ लाख ७५ हजार ९ सय ५१ रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख छविलाल खतिवडाले बताए ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट ६ लाख ३२ हजार ५० रुपैयाँ, चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धि दस्तुरबाट ४९ लाख ९५ लाख ७ सय रुपैयाँ संकलन गरेको कार्यालयका लेखा प्रमुख प्रदिप नेपालले बताए ।
त्यस्तै सवारी साधन कर २ करोड ४३ लाख ३८ हजार २ सय १ र प्रशासनिक दण्ड जरिवाना १० हजार संकलन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार