इलाम । लोकल सन्देश अनलाइनका सहसम्पादक नमिन ढकाल सहित ३ पत्रकारलाई जिल्ला फूटबल संघ इलामले नगद सहित सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाउने ढकाल सहित विनय तिम्सिना र गणेश घिमिरेलाई संघले सम्मानित गरेको हो ।
पुरस्कृत तीनै जनालाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गी र जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरे ।
संघले इलामको ठूलो टुडिखेलमा शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कृत गरेको हो । सम्मानित ढकाल इलाम कार्य क्षेत्र बनाएर खेलकुद पत्रकारिता गरिरहेका छन् ।
पत्रकार घिमिरे नेपालबाणी एफएमका समाचार प्रमुखका साथै इलाम एक्सप्रेस दैनिकमा आबद्ध र नेपाल समाचार पत्र दैनिकका इलाम संबाददाता हुनुन्छ । तिम्सिना माइपोखरी न्युज अनलाइनका संचालक र न्यूज टवान्टि फोरमा इलाम संवाददाता हुन् ।

