Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

साेयाङ साना किसानकाे साधारणसभा सम्पन्न

साेयाङ साना किसानकाे साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २५ २०७८


साेयाङ साना किसानकाे साधारणसभा सम्पन्न

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा नं ५ सोयाङ कार्यक्षेत्र भएर संचालनमा रहेको सोयाङ सानाकिसान कृषि सहकारीले आज आफ्नो तेस्रो बार्षिक साधारण सभा तथा व्यवसाय हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
गोपि कृष्ण न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि माईजोगमाई गाउपालिका अध्यक्ष जीत बहादुर राई  रहेका थिए । कार्यक्रममा बिशेष अतिथि साना किसान लघुबित्त बितिय सस्था लिमिटेड बिर्तामोडका प्रबन्धक सुभाष गौतम,श्रीअन्तु साना किसान सहकारिका उपाध्यक्ष याम बहादुर राई रहेका थिए ।
माईजोगमाई गाउपालिका सहकारी प्रमुख असोक लिम्बू,माइजोगमाई गाउँपालिका सुचना अधिकृत गोकुल सन्जेल साना किसान सहकारी श्रीअन्तुका सह प्रबन्धक उदय गौतम, साना किसान बैक बिर्तामोडका व्यवसाय प्रवर्द्धन अधिकृत तिर्थ ओझा, सानाकिसान बैंक बिर्तामोडका अधिकृत द्रोण घिमिरे नामसालिङ सानाकिसान सहकारिका अध्यक्ष बिमल पौडेल प्रबन्धक टीका आचार्य स्थानिय जनप्रतिनिधि पाटी प्रतिनिधि बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुकाे आतिथ्यता रहेकाे थियाे ।
संस्थाका शेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको सहकारिका प्रवन्धक केदार श्रेष्ठले जानकारी दिए । २०७४ मा स्थापना भएको सहकारिमा ६४० शेयर सदस्य रहेका छन । संस्थाले आर्थिक बर्ष २०७७/७८ मा जम्मा १ करोड ८६ लाख लगानी गरेको छ भने जम्मा शेयर रकम २० लाख ८४ हजार २ सय रहेको छ , त्यस्तै शेयर सदस्यहरुको बचत रकम ५१ लाख ७७ हजार २ सय रहेको छ ।
गत आर्थिक बर्षमा संस्थाको कुल नाफा ४ लाख ९ हजार ९ सय ८१ रहेको छ । संस्थाले विभिन्न बिधामा शेयर सदस्यहरुलाई पुरस्कृत समेत गरेको छ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरेको संस्थाको कार्यक्रमको स्वागत मन्तव्य पार्बता पोख्रेल र कार्यक्रमको संचालन ख्याम बहादुर मगरले गरेको सोयाङ्ग सानाकिसान कृषि सहकारीका प्रवन्धक केदार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार