फिक्कल । साना किसान कृषि सहकारी संस्था पशुपतिनगरको सातौ साधारणसभा एवम तेश्रो अधिवेशन सम्पन्न भएको छ । सूर्योदय नगरपालिका–३ को वडा कार्यालयको हलमा भएको साधरणसभामा संस्थाले आर्थिक बर्ष २०७७÷७८ को आम्दानी तथा खर्चको विवरण संस्थाका व्यवस्थापक गोपाल काफ्लेले प्रस्तुत गरेका थिए ।
७ सय ७५ जना सदस्य रहेको सहकारीले गत आर्थिक बर्षमा २ करोड ३७ लाख २६ हजार ८९ रुपैया ऋण लगानी गरेको छ । गत आर्थिक बर्षका संस्थाले विभिन्न खर्चहरु कटाएर २ लाख ९४ हजार ५ सय ९४ रुपैया नाफा आर्जन गरेको छ । संस्थाले हाल ३ सय ९५ जना सदस्यहरुलाई ऋण लगानी गरेको छ । साना किसान सहकारीमा हालसम्म ३२ लाख ९६ हजार ७ सय रुपैया शेयर लगानी रहेको देखिन्छ ।
ढ
संस्थाकी अध्यक्ष थिरकुमारी खड्काले संचालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रदेश सांसद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष चन्द्र सुब्बा र साना किसान विकास बैंकमा अधिकृत द्रोण घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लङ्वा, विशेष अतिथिद्धय सुब्बा र आचार्य, सल्लाहकार मिलन क्षेत्री, बुद्धिजिवि कमल गदाल, इजरायलबाट फर्किएकी प्रशिक्षार्थी रजनी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सह व्यवस्थापक मुना भुर्तेलले सहभागिहरुलाई स्वातग गरेकी थिइन् । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता,ऋणी, संचालक समितिका र विभिन्न उपसमितिका पदाधिकारी एवम सदस्यहरुलाई सम्मान गरिएको थियो ।