इलाम : नेकपा एमाले इलामको १० औ जिल्ला अधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा माओवादी केन्द्रका उम्मेदवारलाई जनाधार नभएको आरोप लगाइएको छ । अध्यक्ष महेश बस्नेतले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा एमालेका कार्यकर्ताहरु बफादार र इमान्दार भएकै कारण जनाधार नभएका माओवादीका उम्मेदवारलाई बिजयी गराएर अब्बल प्रमाणित भएको लेखिएको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणलाई इङ्गित गर्दै लेखिएको छ ‘ तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र बिचको कार्यगत एकता एउटै चुनावी घोषणा पत्रका आधारमा निर्वाचनमा जाने सहमतीले जनाधार नभएको नेकपा माओवादी केन्द्रलाई प्रदेश सभाको एक सिट दिनुपर्ने बाध्यतात्मक परिस्थितीले एक जना एमाले कार्यकर्ताले अवसर गुमाउनुपरेको छ ।’
बाध्यतावश सिर्जनाले एमालेको कार्यकर्तामा गहिरो चोट पारेपनि नेपालीको सुदुर भविष्य र नेपालको कम्युनिष्ट आन्दोलनलाई मनन गर्दै मतदान गरेको उल्लेख गरिएको छ ।