Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नामसालिङ्ग साना किसानको साधारणसभा सम्पन्न

नामसालिङ्ग साना किसानको साधारणसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २४ २०७८


नामसालिङ्ग साना किसानको साधारणसभा सम्पन्न

नयाँबजार । नामसालिङ्ग साना किसान कृषि सहकारी संस्था लिमिटेड को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिमल पौडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी माईजोगमाई गाउँपालिकाबाट नआएपछी प्रमुख अतिथी बिनै कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रमको बिशेष अतिथीहरु साना किसान कृषि सहकारी सँस्था श्रीअन्तुका प्रवन्धक उदय गौतम , साना किसान बैंक बिर्तामोड फिल्ड सहायक प्रशिक्षक प्रमुख तिर्थ ओझा रहेका थिए । कार्यक्रममा सोयाङ्ग साना किसान कृषि सहकारीका अध्यक्ष गोपिकृष्ण न्यौपाने वडा न ४ जनप्रतिनिधि त्रिलोचन लुइटेल , नामसालिङ्ग प्रहरी चौकी इन्चार्ज सुरेन्द्र भट्टराई प्रेस सेन्टर नेपाल इलाम जिल्ला कोषाध्यक्ष रोशन काफ्ले स्थानिय जनप्रतिनिधि बुद्धिजिवि समाजसेवी शिक्षक लगायत अतिथी रहेका थिए ।

२०७४ सालबाट सुरु भएको सहकारीमा अहिले सम्म जम्मा ४५१ जना शेयर सदस्यहरु रहेका छन । माईजोगमाई गाउँपालिका वडा नं ३ र ४ कार्यक्षेत्र भएर संचालनमा रहेको सहकारीले आर्थिक बर्ष २०७७/७८ असार मसान्त सम्ममा जम्मा १ करोड ३४ लाख ४१ हजार २ सय लगानी गरिसकेको छ । सहकारी मार्फत विभिन्न कृषि क्षेत्रमा लगानी गर्दै आएको छ ।

कृषि र कृषकहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सहकारीको अध्यक्ष बिमल पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैंक र सहकारीको बारे साना किसान विकास बैंकका फिल्ड सहायक प्रशिक्षक प्रमुख ओझाले शेयर सदस्यहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी शेयर सदस्य प्रेम कुमारी तामाङ्गले गरेकी थिइन ।

कार्यक्रमम सामना भट्टराई र स्मारिका लिम्बुले नृत्य प्रस्तुत गरेका थिए । सहकारीमा आवद्ध शेयर सदस्यका छोराछोरी एसईईमा मा उच्च जिपिए ल्याउने ४ जनालाई पुरस्कार समेत वितरण गरिएको थियो । संस्थाले बार्षिक एकैपटक सबैभन्दा धेरै शेयर लगाउने सीता काफ्ले बढि रकम संस्थामा बचत गर्ने कमला प्रधान लगायत अनुशासित समुहलाई पुरस्कार समेत प्रदान गर्यो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको संचालन सहकारीका प्रबन्धक टीका आचार्यले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार