Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

समृद्ध गोदकको अर्गानिक अभियान शुरु

समृद्ध गोदकको अर्गानिक अभियान शुरु

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २८ २०७४


समृद्ध गोदकको अर्गानिक अभियान शुरु

इलाम । इलाम नगरपालिका–१० गोदकलाई अर्गानिक बनाउन अभियान शुरु भएको छ । स्थानीय फ्रेण्डसिप कृषि सहकारी संस्था र फ्रेण्डसिप युवा क्लबले संयुक्त रुपमा अभियान सञ्चालन गर्ने भएको हो । आयोजकले कार्यक्रममा अभियान सञ्चालन गर्न तयार गरिएको रणनैतिक योजनाहरु प्रस्तुत गर्दै गोदकलाई एक बर्ष भित्र पूर्ण अग्र्यानिक वडा घोषणाको लागि हालदेखि नै कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

अभियान अन्तरगत व्यवसायिक र अर्धव्यवसायिक अग्र्यानिक कृषि प्रबद्र्धन मार्फत जिविकोपार्जन सुदृढ गर्ने, कृषि उत्पादन विविधिकरणको लागि उद्यम प्रबद्र्धन गर्ने र स्थानीय उत्पादनको बजारिकरण गर्ने कार्यक्रम पनि अभियान अन्तरगत तय गरिएको संस्थाका अध्यक्ष ओम प्रधानले बताए । अभियानको मुख्य रणनीतिहरुमा आर्थिक विकास, वातावरणीय विकास, सामाजिक विकासलाई राखिएको उनले जानकारी दिए ।

अभियानको मुख्य नारा अग्र्यानिक गोदक अभियान फ्रेण्डसिपको हात, विज्ञ, प्राविधिक, संघसंस्था र जनताको साथ रहेको छ । समृद्ध गोदक बनाउने परिकल्पना लिएर यस अभियान शुरु गरिएको संस्थाका सचिव सुवेन्द्र राईले बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समृद्ध पहाड युकेका बरिष्ठ अधिकृत सुदिप श्रेष्ठले युवाहरुले थालनी गरेको समृद्ध गोदक अभियान जस्ता कार्यक्रमलाई नगरपालिकाले आफ्नो बार्षिक कार्यक्रममै राखेर अन्य बाँकी ११ वटा वडामा समेत सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा विषयविज्ञको रुपमा उपस्थित भएका मरब क्याम्पसका सहायक प्रमुख योगेन्द्रमान श्रेष्ठले विषादीको प्रयोगले मानबको कहिल्यै हित नगर्ने उदाहण पेश गर्दै मानव रक्षाको लागि मात्र भएपनि अग्र्यानिकमा जानुको विकल्प नभएको बताए । जिल्ला पशुसेवा कार्यालय इलामका प्रमुख डाक्टर पशुपति ढुंगानाले पशुपालनको माध्यमबाट उत्पादित मलको प्रबद्र्धनले अग्र्यानिकिकरणमा जान मदत पुग्ने बताए ।

इतिहासकार युद्धप्रसाद बैद्यले विषादी प्रयोग बढी हुने भनेर लागेको गोदकको दाग अभियानसँगै मेटिने बताए । वडाध्यक्ष रोम लुङ्गेलीले अभियानप्र्रति ऐक्यबद्धता जनाउदै वडा कार्यालयले समेत सामुदायिक स्तरबाट शुरु भएको कार्यक्रमलाई सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उदाहरणीय कार्यको थालनी भएको बताउदै इलाम नगरपालिकाको समेत कार्यक्रममा अग्र्यानिक खेतीलाई मुख्य विकासको मेरुदण्डको रुपमा लिइएकोले गोदकवासीको अभियानले नगरपालिकाको कार्यक्रममा टेवा पुग्ने बताए ।

उनले भने, ‘युवाहरुले थालेको या अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहनेछ ।’ उद्घाटन सत्र समापनछि स्थानीय कलाकारहरुले सांस्कृतिक कोशेलीहरु कार्यक्रममा पस्केका थिए । कार्यक्रम संस्थाका अध्यक्ष ओम प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार