नामसालिङ । इलामको माई र जोगमाई नदीको संगम क्षेत्र रहेको माईवेनी शिवालयमा माइक सेट हस्तान्तरण गरिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष जीत बहादुर राईबाट माईजोगमाई ४ नामसालिङमा रहेको शिवालय मन्दिरका लागि एक सेट माईक प्रदान गरिएको हो । गाउँपालिकाले माईवेनी मेलालाई मध्यनजर गर्दै माइक सेट हस्तान्तरण गरेको हो ।