इलाम । बक्यौता रहेको १ लाख ७२ हजार रुपैयाँ महसुल रकम तिरेपछि इलाम नगरपालिकाको व्यापारिक भवन सिटि मार्टको लाइन पुनः शुचारु भएको छ । विद्युत महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले व्यापारिक भवन सिटि मार्टको लाइन काटेको थियो । महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले सदरमुकामस्थित व्यापारिक भवन सिटि मार्टको लाइन काटेको हो ।
हालसम्मको बक्यौता रहेको १ लाख ७२ हजार रुपैयाँ महसुल नगरपालिकाले नतिरेपछि लाइन काटेपनि महसुल तिरेपछि पुनः लाइन संचालन भएको नेपाल विद्युत प्राधिरकणका प्रमुख डेगराज पौडेलले जानकारी दिए ।
‘६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ । इलाम नगरपालिकाले ४ महिनाको महसुल बुझाउन बाँकी रहेको थियो ।
प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत महसुल नतिर्ने १ हजार २ सय ५० जना ग्राहकको विद्युत लाइन काटेको छ ।