Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुमको सिम्लेमा एकै घरको ७ बाख्रा बाघले खायो

फाकफोकथुमको सिम्लेमा एकै घरको ७ बाख्रा बाघले खायो

  • लिला सुब्बा
  • मंगलबार, पौस २० २०७८


फाकफोकथुमको सिम्लेमा एकै घरको ७ बाख्रा बाघले खायो

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा पाटे बाघको आतङ्क बढ्दै जान थालेको छ । सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेका जितबहादुर योङहाङ गोठमा बाधेर राखेको ७ वटा बाख्रा बाघले खाएको छ । भने केही बाख्रालाई मारेर गएको वडा नम्बर ७ का वडा सदस्य पञ्च योङहाङले जानकरी दिए ।

जितबहादुरको एउटा बोका, तीन वटा खसी, दुई वटा माउ बाख्रा र एउटा पाठा गरी दुई लाख २५ हजार रुपैयाँको क्षति भएको फाकफोकथुम प्रहरी इन्चार्ज घनश्याम लाखेले जानकारी दिए । गाउँमा बाघको बिगबिगी हुँदा घरका बाख्रा नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार