इलाम । नेपालका बजारसँगै भारतको पश्चिम बंगालको राजधानी कलकत्तासमेत बजारीकरण हुने इलामको सलकपूरको सुन्तला उत्पादनमा कमि आएको छ । रोगका कारण सुन्तलाका बगान नै मासिएपछि सलकपूरबासीको मुख्य आम्दानीको श्रोत गुमेको छ ।
इलामको रोङ गाउँपाकिा ६ को जिर्मले स्थित सलकपूर सुन्तलाको गाउँले परिचित छ । सलकपूरमा तराईको गर्मि छल्दै बगानबाटै स्वादिष्ट सुन्तोला टिपेर खाने पर्यटकको पनि लर्को नै लाथ्यो । तर अहिले सुन्तलाको पकेट क्षेत्र मानिएको सलकपूरमा फाट्ट फुट्ट बोटमा मात्रै सुन्तलाको फल पाइन्छ ।
रोगले बगान नै सखाप भएपछि सलकपूरमा अहिले सुन्तलाको उत्पादनमा पनि कमि आएको छ । सलकपूरको औँल क्षेत्रका पुरै सुन्तला बगान मासिएका छन् । नेपालसँगै भारतको कलकत्तामा पनि सलकपूरको सुन्तला प्रख्यात भएपनि सेतो किरा लागेर बगान नै सखाप भएको किसान दामोदर अधिकारीले बताए ।
सलकपूरबासीको आम्दानीको मुख्य श्रोत सुन्तला रहेको थियो । सुन्तलाको बगाननै मासिएपछि किसानहरुले अहिले अलैँची र एबोकाडोको व्यवसायीक खेती गर्दै आएका छन् । सुन्तलाको बगान मासिएसँगै उत्पादनमा गिरावट आउँदा मूल्यपनि आकासिएको छ । अहिले किसानका घरमै पुगेर खरिद गर्दा सुन्तला प्रतिकिलो सय रुपैयाँ पर्छ ।
किसानको मुख्य आम्दानीको श्रोत रहेको सुन्तलाको पुनः व्यवसायीक खेतीका लागि कृषि ज्ञान केन्द्रबाट अनुदान सहयोग गर्दै आएको छ । सुन्तलाको बोट मासिएर खालि रहेको क्षेत्रमा पुनः बिरुवा रोपणसँगै बजारीकरणको पनि काम गर्दै आएको रोङ गाउँपालिका प्रवत्ता मणिकुमार स्याङ्बोले बताए ।
सलकपूर पारिलो क्षेत्रमा पर्ने भएकाले यहाँको सुन्तला बढी गुलियो हुन्छ । कोरोना माहामारी अघि सलकपूरमा सुन्तला खरिदका लागि भारतका विभिन्न सहरबाट दैनिक हजारौँ पर्यटक आउने गरेकाले यहाँ सुन्तला पर्यटन प्रवद्र्धनका काम हुँदै आएका छन् ।