Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

टिकादेवीको संयोजकत्वमा माईजोगमाईमा नेकपा एस निकट शिक्षक संगठन

टिकादेवीको संयोजकत्वमा माईजोगमाईमा नेकपा एस निकट शिक्षक संगठन

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १३ २०७८


टिकादेवीको संयोजकत्वमा माईजोगमाईमा नेकपा एस निकट शिक्षक संगठन

नयाँबजार । नेकपा एकिकृत समाजबाटी पाटीं (नेकपा एस) निकट शिक्षक संगठन प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन माईजोगमाई गाउँपालिकाको संयोजकमा टिकादेवी गौतम चयन भएकी छन् । प्रथम गाउँपालिका अधिवेशनका लागि गौतमको नेतृत्वमा १०१ सदस्यीय कमिटी गठन भएको हो ।

सहसंयोजकमा सुर्य प्रसाद थेवे , गोविन्द प्रसाद तिम्सिना र वेदकुमारी पोख्रेल रहेका छन् । सचिबमा टेक बहादुर भण्डारी सह–सचिवमा गंगा प्रसाद आचार्य , डाल प्रसाद पोख्रेल कोषाध्यक्षमा गंगा राई रहेका छन् । इलाम जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मात्रिका विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा टेक बहादुर राई , जीत बहादुर राई , पुष्प ढुङ्गाना, सन्तोष पराजुली र चन्द्र खत्रीको लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन प्रविण राईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार