Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एसएसपी यादव सरकारी निवासमै मृत भेटिए

एसएसपी यादव सरकारी निवासमै मृत भेटिए

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ९ २०७८


एसएसपी यादव सरकारी निवासमै मृत भेटिए

इलाम । नेपाल प्रहरीका एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। उनले एसपी रहेको बखत इलाममा प्रहरी प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

केन्द्रीय प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म उनी सामान्य अवस्थामा थिए। तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटिएको उनले बताए।

एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट रहेका यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लागेका थिए । प्रहरीले उनको मृत्युबारे अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार