Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ट्राफिक सप्ताहमा सवारीसाधनको प्राविधिक अवस्थाको चेकजाँच (फोटो फिचर)

ट्राफिक सप्ताहमा सवारीसाधनको प्राविधिक अवस्थाको चेकजाँच (फोटो फिचर)

  • लोकल सन्देश
  • शुक्रबार, पौस ९ २०७८


ट्राफिक सप्ताहमा सवारीसाधनको प्राविधिक अवस्थाको चेकजाँच (फोटो फिचर)

इलाम । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न इलाममा सवारीसाधनको प्राविधिक अवस्थाको जाँच गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम थप प्रभावकारी बनाउन सवारीसाधनको प्राविधिक जाँच गरिएको हो ।


यातायात व्यवस्था सेवा कार्यालय इलाम र जिल्ला ट्राफिक कार्यालय इलामले मेची राजमार्गमा गुड्ने सवारीसाधनको प्राविधिक जाँच गरेको हो । सवारी चलाउँदा बेल्टको प्रयोग गरौँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, मापसे गरि सवारी नचलाउँ र गाडिमा चालकलाई असरहुने गरि गित नबजाउन समेत चालकहरुलाई आग्रह गरिएको थियो ।


सवारीसाधनको जाँचका क्रममा चालकहरुलाई चप्पल लगाएर सवारी चलाउँदा खुट्टामा पसिना आएर चिप्लिने र दुर्घटना बढ्न सक्ने भएकाले जुत्ता लगाएर सवारी चलाउन चालकहरुलाई आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कर्यालय इलामका प्रमुख जनक तिमसिनाले बताए ।


यो साताभरी जिल्लामा सचेतना सहित सडकमा भएका अवरोध हटाइने ट्राफिक प्रहरी कार्यालय तिम्सिनाले बताए । यस बिचमा चालकलाई प्रशिक्षण देखी सडकमा गएर जनचेतना जगाउने सम्मका कार्यक्रम गरिएको हो । सावरीसाधनको प्राविधिक जाँच यातायात व्यवस्था कार्यालय इलामका मेकानीकरल सुपरभाइजर सुरज केसीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार