इलाम । इलाम नगरपालिकाद्धारा सामुदायी आँखा अस्पताल संचालनमा ल्याएको छ । सामुदायीक आँखा अस्पताल व्यवस्थापन समिति मार्फत आँखा अस्पताल संचालनमा ल्याएको हो ।

इलाम सदरमुकामस्थित सिंहवाहिनी खोल्सिको व्यवस्थापन गरि आँखा अस्पताल संचालनमा ल्याएको हो । आँखा अस्पतालको इलाम नगरपालिका प्रमुख महेश बस्नेत र उप–प्रमुख शुसिला नेम्बाङले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुब बहादूर खड्का, नेपाली काग्रेसका सचिव निरोज खड्गी लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा आँखाका सबै प्रकारका विरामीहरुको उपचार गरिनेछ ।
