Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको फाकफोथुमका पहिरो पिडित परिवारलाई चारलाख रुपैयाँ हस्तान्तरण

इलामको फाकफोथुमका पहिरो पिडित परिवारलाई चारलाख रुपैयाँ हस्तान्तरण

  • लोकल सन्देश
  • मंगलबार, पौस ६ २०७८


इलामको फाकफोथुमका पहिरो पिडित परिवारलाई चारलाख रुपैयाँ हस्तान्तरण

फाकफोकथुम । । इलामको फाकफोकथुम गाउँपालिकाले पहिरो पिडित परिवारलाई राहात स्वरुप चारलाख रुपैयाँ हस्तानतरण गरेको छ । गाउँपालिकाले बाढी पहिरोबाट मृत्यु भएको व्याक्तिको घरमै पुगेर एक एक लाखका दरले परिवारलाई चारलाखको चेक हस्तानतरण गरेको हो । गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले शनिवार कटुवाल परिवारको घरमै पुगेर चार लाखको चेक हस्तानतरण गरेका हुन भने घर निर्माणका लागि एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राईले बताईन ।

बेमौसमी वर्षातसँगै कार्तिक २ र ३ गते वर्षसँगै पहिरोमा परि फाकफोकथुम वडा नं  ३ का एउटै घरका चार जनाले ज्यान गुमाएका थिए । फाकफोकथुम वडा नं एकका दुईजना मृतकको परिवारलाई पनि राहत दिने तयारी भईरहेको राईको भनाई छ । वाढी पहिरोमा परि फाकफोकथुम गाउँपालिकामा मात्रा जम्मा छ जनाले ज्यान गुमाएका थिए । जसमा फाकफोकथुम वडा ३ का ८६ वर्षे नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवाल रहेका छन भने फाकफोकथुम एकमा ३० वर्षीया बिना शेर्मा, १४ वर्षे आइत बहादुर राई रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार