Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लेखु बिवसको उपचारको लागि गायक रोशन गुरुङको पहलमा १ लाख ६३ हजार

लेखु बिवसको उपचारको लागि गायक रोशन गुरुङको पहलमा १ लाख ६३ हजार

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस २ २०७८


लेखु बिवसको उपचारको लागि गायक रोशन गुरुङको पहलमा १ लाख ६३ हजार

इलाम । मुटुको रोगबाट थलिएका गायक लेखु ’विवस’ को उपचारको लागि अमेरीकाबाट गायक रोशन गुरुङको पहलमा १ लाख ६३ हजार रुपैया सहयोग प्राप्त भएको छ । अमेरीकामा रहेको नेपालीहरुबाट संकलित १ हजार ३ सय ८४ अमेरीकी डलर अर्थात १ लाख ६३ हजार २ सय ७५ रुपैया २५ पैसा सहयोग प्राप्त भएको हो ।

गायक रगुन गुरुङले बिवसलाई सूर्योदय नगरपालिका–१० फिक्कलमा रहेको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । बिवसको उपचारको लागि गायक जगदिश समाल, रोशन गुरुङ, पत्रकार माधव गुरुङ, शेखर गुरुङ, हेम गुरुङ, तिलक श्रेष्ठ, नरेन गुरुङ, गजेन्द्र अधिकारी, हितमान गुरुङले समान १ सय १ डलर सहयोग गरेका छन् ।

प्रभात भट्टराई र विकास गुरुङबाट ६१ डलर, धन गुरुङ र रामचन्द्र गुरुङ ५१ डलर, प्रेम गुरुङबाट ५० डलर प्राप्त भएको रगुन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार