फिक्कल । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सूर्योदय नगर कमिटीको अध्यक्षमा मोहन दोर्जे कागते निर्वाचित भएका छन् । आज सम्पन्न भेलाबाट कागतेको नेतृत्वमा ३४ सदस्यीय नगर कमिटी चयन भएको हो । उपाध्यक्षमा रन्जित प्रधान, सचिव प्रकाश अधिकारी, सहसचिव पुकार घिमिरे र दौलत थामी रहेका छन् ।
उपेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय उपाध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद एवम एमाले नेता काजीमान कागते, नेकपा एमाले सूर्योदय नगर अध्यक्ष एवम नगर उपप्रमुख दुर्गादेवी भट्टराई, युवा संघका स्थायी कमिटी सदस्य निरज पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रम सूर्योदय नगरपालिका–१० को लाप्चा भवनमा सम्पन्न भएको हो ।