मुटुमा समस्या देखिएपछि उपचाररत गायक लेखु बिवस सहयोगार्थ सांगितिक कार्यक्रम गरिएको छ । शल्यक्रियापछि घरमा आराम गरिरहेका बिवसको उपचारमा आर्थिक अभाव टार्नका लागि सूर्योदय नगरपालिका–९ रम्फोकमा कार्यक्रम गरिएको हो ।
चन्द्र ग्राउन्डमा संचालन रहेको समृद्धि नकाउट फुटबलको फाइनलको पुर्वसन्ध्यामा बिवसको सहयोगार्थ गायक जितेन लेप्चा, कुबेर राई, पुजन प्रधान, भुपेन्द्र राई, लेखु मुखीया , रगुन गुरुङ , किरण योन्जन , सन्तोकी तामाङ्ग,तुलसी क्षेत्री , युगल श्रेत्री , बृष प्रधान गायात्रा ओली , किरण योन्जन,लगायतका कलाकारले आफनो सागीतिक प्रस्तुती दिएका थिए ।
कलाकार जितेन लेप्चाले इलामको रम्फोकमा आएर सहकर्मी कलाकारको सहयोगको लागी आफनो प्रस्तुति दिन पाउँदा आफुलाई निक्कै खुशी लागेको बताए । तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो , जिन्दगी ह्याप्पी ह्याप्पी लगायत आधा दर्जन गीतमा दर्शकलाई निक्कै नचाएका गायक लेप्चाले कलाकार बिवसको स्वास्थ्य लाभको कामना गर्दै रम्फोकमा आएर आफनो प्रस्तुति दिन र यहाँका दर्शक स्रोताको माया पाउदा आफुलाई निक्कै धन्य महशुस गरेको बताए ।
गायक कुबेर राईले एक कलाकारलाई परेको पिडामा कलाकारहरु जर्मुराउन पर्ने अपरिहार्य रहेको र यसमा आफनो अग्रसरता देखाएर कार्यक्रम आयोजना गर्ने समृद्धी युवा समाजलाई धन्यवाद दिए । अर्का कलाकार पुजन प्रधानले कलाकारलाई परेको पिडामा मलमपट्टी गर्न अग्रसरता देखाएर आर्थिक सहयोगकै लागि यति भब्य सागींतिक कार्यक्रमको आयोजना गरेकोमा सबै कलाकर समृद्धी युवा समाज प्रति सधै ऋणी रहने बताए ।
गायक रगुन गुरुङले कोरोना महामारीको बिचमा स्टेजमा कलाकार उर्तिन नपाएको अवस्थामा आफनो प्रस्तुति प्रत्यक्ष दर्शकलाई दिन पाउने अवसर जुटाएकोमा आयोजकलाई धन्यवाद दिदै लेखु बिवस जस्तो प्रतिभावान कलाकारलाई राष्ट्रले सधै संरक्षण सम्मान गर्नु पर्ने धारणा राखे ।
सहभागी अधिकाशं कलाकारले एक कलाकार पिडामा हुदा उहाँको उपचार सहयोगमा अग्रसरता देखाउने समृद्धी युवा समाजको प्रशंसा गरेका थिए । कलाकारको योगदानको कदर गर्दै पिडामा परेको बेला कलाकारलाई राज्यले संरंक्षण साथ सहयोग गर्नुपर्ने सहभागी कलाकार र दर्शकको मत थियो ।
गायक कुबेर राईको अध्यक्षता सूर्योदय नगरपालिका भाषा कला साहित्य प्रतिष्ठानका सयोंजक एवम नगर उपप्रमुख दुर्गा देवी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै भट्टराईले कला साहित्यको विकाससंगै कलाको संरक्षणमा सहयोगि भुमिका खेल्नकै लागी भाषा कला साहित्य प्रतिष्ठानको स्थापना भएको बताइन् ।
उनले प्रतिष्ठानको तर्फबाट र नगरको तर्फबाट सधै साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । पिडामा परेको एक कलाकारको लागि स्थानीय सामाजले देखाएको यो कार्य सबैको लागि उदाहरणीय भएको भन्दै उहाँले कलाकार लेखु विवसको स्वाथ्यलाभको कामना गरिन् ।
कार्यक्रममा स्वागत मन्तब्य आयोजकका अध्यक्ष मानविर लेप्चाले राख्दै कलाकार लेखु बिवस मुटुमा समस्या आएर ओछ्यान परिरहेको पिडाबाट मुक्त गराउन फुटबल प्रतियोगिताको दौरान हयोगार्थ सागींतिक कार्यक्रम राखेको बताए । उनले संकलित रकम एकमुष्ट रुपमा बिवसलाई प्रदान गर्ने जानकारी दिए ।
कार्यक्रममा सूर्योदय नगरपालिका–३ का वडाध्यक्ष होम बहादुर कार्की , कार्यपालिका सदस्य नरमाया सुब्बा, वडा सदस्य जय राई, मान बहादुर लेप्चा हिरा मोहरा, भाषा कला साहित्य प्रतिष्ठानका सदस्य भुवनराज ढुङगाना श्री राष्ट्रीय आवि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष इन्द्र तामाङ्ग ,नेपाल आदिबासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष सोनाम योल्मो फिक्कल टि एण्ड कफीका लेखा अधिकृत टकं घिमिरे, फिक्कल मावि पुर्व बिद्यार्थी मञ्चका अध्यक्ष दिपेन्द्र राई ,रेडियो बुद्धबाणीका प्रमुख दिनेश महत ,समाजसेवी मणि तामाङ ,लगायत विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा श्री राष्ट्रीय आविका बिद्यार्थीहरुको सांंस्कृतिक नृत्य , स्थानीय अजम्बरी युवा समाजका कलाकारहरुको आर्कषक नृत्य पनि रहेको थियो । कार्यक्रम रेडियो फिक्कलका संचारकर्मीद्धय राजकुमार दहाल अभिलाषी र सरोज निरौलाले सञ्चालन गरेका थिए ।