Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका नगेन्द्रले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

इलामका नगेन्द्रले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

  • नमीन ढकाल
  • मंगलबार, मंसिर २१ २०७८


इलामका नगेन्द्रले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

इलाम । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नगेन्द्र कुमालले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्षसमेत रहेका कुमालले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । कुमाल संविधानसभा सदस्य पनि हुन् ।

२०७० सालको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिकमा सभाषद मनोनित भएका थिए । माई नगरपालिका–७ का बासिन्दा कुमाल सामुहिक नेतृत्वको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ‘ मुलुकमा अहिले व्यक्तिवादी सोच हावी भएको छ । तर अब कांग्रेसभित्र सामुहिक नेतृत्वको विकास गराउँदै पार्टी बलियो बनाउन मेरो उम्मेदवारी ।’

कुमालले भने ‘ विपी कोइराला , शेरबहादुर देउवाहरुले युवा अवस्थामा राजनितिमा आफ्नो छवि बनाउनुभएको थियो तर अहिले राजनिति भन्ने वितिक्कै युवा पुस्ता भाग्ने प्रवृति अन्त्य गर्दै युवा प्रतिनिधित्व विकास गराउनका लागि केन्द्रिय सदस्यमा मेरो उम्मेदवारी’ ।

तल्लो वर्गको जनता र आदिवासीहरुको अधिकारको मुद्धा ओझेलमा परेको अवस्थामा उनीहरुलाई हक दिलाउनका लागि आफु उम्मेदवार बन्न लागेको कुमालले बताए । कुमाल इलाम क्षेत्र नं २ बाट महासमिति सदस्य सर्वसम्मत निर्वाचित समेत भएका छन् । उनी रामचन्द्र पौडेल निकट मानिन्छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका कुमाल २०७० सालमा आदिवासी जनजाती महासंघको केन्द्रिय अध्यक्ष निर्वाचित भएका थिए । नेपाली कांग्रेसको मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औ महाधिवेसन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार