Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कटुवाल निर्वाचित

निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कटुवाल निर्वाचित

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर २० २०७८


निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कटुवाल निर्वाचित

इलाम । निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कुमार कटुवाल निर्वाचित भएका छन् । निर्माण ब्यवसायी संघ इलामको ९ औं जिल्ला अधिबेशनबाट उनी निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दे कटुवाल निर्वाचित बनेका हुन् ।

कटुवालले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए । कटुवाल यस अघि दुई कार्यकाल जिल्ला उपाध्यक्ष र १ कार्यकाल केन्द्रिय प्रतिनिधिमा रहेर निर्माण ब्यवसायी संघ इलामको काम गरिसकेका छन । यस्तै उपाध्यक्षमा निरज राउत,सचिवमा वीरेन्द्र कार्की,सह सचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्विरोध चयन भएका छन् ।

सदस्यहरुका लागी भने निर्वाचन भएको थियो । जस अनुसार नविन कुमार तामाङ,मन्जु कार्की, प्रकाशमान कडरिया ,सिजन कार्की, सुजन अधिकारी र सूर्य कार्की निर्वाचित भएका छन् । संघमा २ सय २० जना ब्यवसायी आवद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार